Aamsanchar

प्यावसन झापालाई किताबमा सिन्डिकेट गरेको आरोप

Author Image
शुक्रवार, चैत २५, २०७८

बिर्तामोड । निजी विद्यालयहरुको छाता संगठन प्यावसन झापाले नयाँ शैक्षिक सत्रकोे गणित र बिज्ञान विषयको किताब खरिदमा विद्यालयहरुमा सिन्डिकेट चलाएको आरोप लागेको छ ।

आज विर्तामोडमा आयोजित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले अन्तरक्रिया कार्यक्रम मार्फत प्यावसन झापाले पुस्तक खरिद तथा बिक्रीमा सिन्डिकेट गरेर आर्थिक चलखेल गरेकोे महासंघका झापा अध्यक्ष सञ्जय शर्मा सापकोटाले आरोप लगाएका हुन् ।

अध्यक्ष सापकोटाले पत्रकारहरु संग भने ‘प्यावसन झापाले आफ्नो संघमा आवद्ध विद्यालयहरुलाई दुईवटा पव्लिकेशनको किताब मात्र प्रयोग गर्न भनेको र ति विद्यालयहरुले प्यावसनको सेटिङलाई समर्थन गर्दै दुईवटा पव्लिकेशनको किताब मात्र प्रयोगमा ल्याएर किताब प्रयोगमा सिन्डिकेट लागु गरेर सरकारबाट मान्यता प्राप्त अरु पव्लिकेशनका स्तरिय किताव पढनबाट विद्यार्थीहरुलाई बन्चित गरेको आरोप गराएका छन् । सापकोटाले भने प्यावसनले झापामा ३६ वटा पव्लिकेशबाट २५ हजारका दरले रमक लिएकोे छ, किताब प्रयोगको हकमा झापा जिल्ला भरीमैै गणित बिषयको किताब वेदान्त पव्लिकेशन र विज्ञान विषयको किताब संगम पव्लिकेशनको मात्र प्रयोग गर्नुपर्ने बाध्यकारी नियम बनाएर सिन्डिकेट चलाएको छ ।’ ‘प्यावसनले सिन्डिकेट चलाएपछि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले पत्रचार गरेर यस्तो मनोमानी काम नर्गन नगराउन गरेको आग्रलाई वेवास्था गर्दै प्यावसनले खुल्लेआम सिन्डिकेट चलाएको छ, यसरी सबै संग पैसा असुलेर सिमित पव्लिकेशनको किताब मात्र प्रयोग गर्नुपर्ने कुन कुन शिक्षा नीति हो रु कस्तो कानुन आर्कषित भएर प्यावसनले यसो गरेको हो । यो कार्यको भत्सना गर्दछौं ।’

अध्यक्ष सापकोटाले भने ‘नेपालमा एक सय हाराहारीमा पव्लिकेशनहरु रहेका छन् । झापामा ४६ वटा पव्लिकेशनले किताब बिक्रीको लागि केन्दि«य प्यावसनले भनेको छ यो पनि सिन्डिकेट नै हो । ति मध्ये ३६ वटा पव्लिकेशनबाट प्यावसन झापाले २५ हजारका दरले रकम लिएको छ, सबैले रकम तिरेका छन्, तर किताव भने दुईवटा पव्लिकेशनको मात्र प्रयोग गर्ने प्यावसनको निर्णय गलत भएको छ, अरु पव्लिकेशनले विद्यालयमा मार्केटिङ गर्न पाउने की नपाउने ? नेपाल सरकारले पव्लिकेशनहरुलाई किताब छाप्ने अनुमती दिन्छ त्यसलाई पाठ्यक्रम विकास संसथा (सिडिसी)ले सिफारिस गर्छ, सिडिसीले तोकेर कुनैपनि पव्लिकेशनको किताब प्रयोग गर्न भनेको छैन तर झापा प्यावसनले किन यस्तो गरेको हो ?

विगतका बर्षमा एउटा पव्लिकेशनलाई मात्र प्यावसन झापाले काखी च्यापेर हिडेको थिएन, तर यस बर्ष काखी च्याप्ने काम भएको छ । झापामा वेदान्त र संगम बाहेकका पव्लिकेशनको किताबहरु धेरै उपलब्ध रहेको छ, प्यावसनले निस्चित पव्लिकेशलको किताब मात्र प्रयोग गर्नुपर्ने नियम लादेका कारण पुस्तक डिलर व्यवसायी मर्कामा परेको पुस्तक व्यवसायीहरुले गुनासो गरेका छन् । पुस्तक व्यवसायीहरुले कुनै एक दुई पव्लिकेशनलाई मात्र काखी च्याप्ने काम नर्गन प्यावसन झापा समक्ष आग्रह गरेका छन् ।

उता नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आरोपको विषयमा प्यावसन झापाको धारणा लिदा केन्द्रबाट दुई वटा पव्लिकेशनको गणित र विज्ञान विषयको किताव प्रयोग गर्न भनेकोले झापाले उक्त पव्लिकेशनलाई प्रार्थमितामा राखेको हो । अरु विषयको किताबहरु अरु पव्लिकेशनकै प्रयोग हुन्छ, प्यावसन झापाले पव्लिकेशनबाट २५ हजारका दरले रकम दिएको हो तर सो रकम सुचीकृत वापत लिएको हो । कितावको लागि धेरै पव्लिकेशन संचालकहरु आउनु हुन्छ तर बजारमा किताव सधै अभाव हुने गरेकोले सुचीकृत गर्नुपर्ने नियम बनाइएको हो, यस पटक सर्वत्र किताव उपलब्ध गराउने प्रतिवद्धता गरेका दुई वटा पव्लिकेशनको किताव प्रयोग गर्न मातहतका विद्यालयहरुलाई भनिएको व्यावसन झापाका सचिव हरिकृष्ण पाठकले आमसंचारलाई बताए ।

अन्तरक्रियामा विर्तामोड शिक्षा शाखा अधिकृत दिनेश आचार्य, अभिभावक संघ जिल्ला सचिव रुद्र सिटौला, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी पूर्व केन्द्रिय सदस्य फडिन्द्र न्यौपानेलगायतले प्यावसन झापाले गरेको निर्णय प्रति असुन्तुष्टि प्रकट गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 715

प्रतिक्रिया (०)

सम्बन्धित खबर