Aamsanchar

झापाली कलाकार सीमानामा

Author Image
शनिवार, चैत २६, २०७८

बिर्तामोड ।  सीमा सम्बन्धि बिबादले देश आक्रान्त भइरहेको अबस्थामा नेपाली राजनीति क्षेत्रका नेत्रित्वहरु आफ्नो पद र प्रतिष्ठा बचाउन स्थानिय निर्वाचन मा केन्द्रीकृत भइरहेको अवस्थामा झापाली कलाकारहरु भने सीमानामा पुगेर जंगे पिलर समाउदै सीमा रक्षा समन्धी सचेतना मुलक राष्ट्रिय गीतको छायांकन मा जुटेको क्षितिज नाट्य प्रतिष्ठान प्रदेश का अध्यक्ष तथा बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार तथा अभियन्ता माधब कल्पितले जानकारी दिए।

हरिभक्त संग्रौला र सुरज श्रीपाली को शब्द सम्पादन तथा बलराम समालको स्वर,संगीत रहेको गीत लाई सम्बादमय प्रस्तुति प्रदान गर्न अग्रज श्रष्ठा तथा सञ्चारकर्मी चन्द्र भण्डारीले विशेष भुमिका निर्बाह गरेका छन् ।

झापाका सुपरिचित कलाकार श्रीगणेश शर्मा ,सरोज अधिकारीको निर्देशनमा चैत्र २५ गतेबाट छायांकन सुरु गरिएको राष्ट्रिय भावनाले ओतप्रोत गीतमा सुरज श्रीपाली ,अशोक थापा, ख्याम ओली तथा क्षितिज नाट्य प्रतिष्ठानका कलाकारहरु माधव कल्पित, माया सिटौला ,निर्मला भण्डारी ,माधव भेटुवाल, सरीता अधिकारी, कलाकार आकृति खतिवडाले उक्त गीतमा मुख्य अभियन गरेका छन् ।

मोहन सुब्बाको व्यवस्थापनमा सुरु भएको छाँयाङकनमा सीमा क्षेत्रमा बसोबास गर्ने निम्नबर्गीय नेपाली समाजले एस एस बि बाट बर्षौ देखि भोग्नु परेको पीडा,दुख, बेदना र बर्सेनी जंगेपिलर ढालिले काम भएको हुँदा देशको सीमा रक्षार्थका लागि उठाएको आन्दोलन को यथार्थता लाई देशका अभिभावकले बुझ्न नसकेको पीडा र छिमेकी देश सामु आफ्नो पद जोगाउन झुकीरहदा नागरिकहरु भने सहिद भइरहेको कारुणीकता लाई यस गीतले उठाउन खोजेको निर्देशक श्रीगणेश शर्माको भनाइरहेको छ ।

गीतका पाँच सय बढी स्थानियबाशीको सहभागीरहने र १ हप्ता भित्रमा छायाँकन कार्य सम्पन्न गरिने अभिनय निर्देशक समेत रहेका माधब कल्पितले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर