Aamsanchar

बिलेफेल्डलाई हराउँदै बायर्न बुन्डेसलिगा फुटबलको उपाधि नजिक

Author Image
सोमवार, वैशाख ५, २०७९

काठमाडौं : जर्मन जायन्ट बायर्न म्युनिख बुन्डेसलिगा फुटबलको उपाधि नजिक पुगेको छ।  गएराति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ३–० ले हरायो। लिगमा चार खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडी छ।

बुन्डेसलिगाको उपाधिको होड आगामी शनिबार बायर्न र डर्टमन्डबीचको खेलबाट टुंगो लाग्नेछ। बायर्न गत बुधबार भियारियालसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।

बायर्नले गए राति जाकोब बेर्राट लाउर्सेनको आत्मघाती गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा सेर्गी गेनाब्रीले बायर्नको अग्रता दोब्बर बनाए। खेल सकिन पाँच मिनेट बाँकी हुँदा जमल मुसिलाले अर्को गोल थपेपछि बायर्नले तीन अंक पक्का गरेको हो।

बायर्नले ३० खेलबाट ७२ अंक जोडेको छ। दोस्रो स्थानको डर्टमन्डको समान खेलबाट ६३ अंक छ। पराजित अर्मिनिया बिलेफेल्ड २६ अंकका साथ रेलिगेसन क्षेत्रमा छ।

गए राति सम्पन्न अर्को खेलमा तेस्रो स्थानको आरबी लाइपजिगले चौथो स्थानको बायर लेभरकुसेनलाई १–० ले हरायो। त्यस्तै, छैटौँ स्थानको युनियन बर्लिनले १०औँ स्थानको फ्रांकफर्टलाई २–० ले हरायो। आठौँ स्थानको होफिनहेइम र पुछारको टोली ग्रेउथर फुर्थले गोलरहित बराबरी खेले।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 488

प्रतिक्रिया (०)

सम्बन्धित खबर