Aamsanchar

आईपीएलमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

Author Image
मङ्गलवार, वैशाख ६, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ ।

समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर