Aamsanchar

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Author Image
बुधवार, वैशाख ७, २०७९

काठमाण्डाै – बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

सरकारले गएको फागुन र चैतमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेको थियो । हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लामा दुई वर्षमाथिका बालबालिकाले जुकाको औषधि खाइसकेको हुन सक्ने भएकोले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन भनिएको छ ।

सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुईपटक खुवाइँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर