Aamsanchar

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Author Image
बुधवार, वैशाख ७, २०७९

काठमाण्डाै – म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हरायो ।

लिभरपुलका मोहम्मद सलाहले दुई तथा लुईस दियाज र साडियो मानेले एक÷एक गोल गरे । लुईस दियाजले खेलको पाँचौ मिनेटमा गरेको गोलबाट अग्रता बनाएको लिभरपुलका लागि सलाहले खेलको २२ र ८५ औँ मिनेटमा गोल गरे । त्यस्तै साडियो मानेले खेलको ६८ औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुलको ३२ खेलमा ७६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७४ अंक छ । लिभरपुलसँग पराजित म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५४ अंक छ । युनाइटेड छैठौँ स्थानमा झरेको छ ।

जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । लिभरपुलले यो सिजन युनाइटेडलाई प्रिमियर लिगको दुवै खेलमा पराजित गरेको हो ।

लिभरपुलले गएको अक्टोवरमा युनाइटेडलाई ५–० को फराकिलो अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर