Aamsanchar

इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा

Author Image
बुधवार, वैशाख ७, २०७९

काठमाडौं – इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा इन्टरको जितमा लाउटरो मार्टिनेजले दुई तथा रोविन गोसेन्सले एक गोल गरे ।

खेलको चौंथो मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८२ औं मिनेटमा रोबिन गोन्सेनले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाए ।

जितसँगै फाइनलमा पुगेको इन्टरले अब उपाधिका लागि युभेन्ट्स वा फियोरेन्टिनाबीचको विजेतासँग ११ मेमा खेल्नेछ । युभेन्ट्स र फियोरेन्टिनाको खेल बुधबार राति हुँदैछ । पहिलो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई १–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)