Aamsanchar

यौन शिक्षा: कसरी बढाउने यौन क्षमता ?

Author Image
बुधवार, वैशाख ७, २०७९

बूढेसकाल मा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकाल मा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्था मा एसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ । महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ । विभिन्न औषधि तथा दुव्र्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ ।

दुर्बलता का कारण

दीर्घ रोगका कारणले त यौन क्षमतामा कमी आउने नै भयो । उच्च रक्तचाप, चिनिरोग, मुटुरोग, मानसिक रोग, मानसिक तथा सामाजिक समस्याका धारणाका कारणले पनि यौन क्षमतामा समस्या हुन्छ ।
यौनाङ्गको सोथ ९दुख्ने, पोल्ने, रातो हुने, तातो हुने, सुन्निने र अंगले काम नगर्ने० कारणले यौन दुर्बलता हुन्छ । यौनाङ्गको सोथ कुनै पनि यौनाङ्गको रोगका लक्षण तथा चिह्न हुन् ।

पुरुषको यौनाङ्गको अण्डाशय—पानी र इङ्गुइनल हर्निया हुँदा यौनाङ्गले पूर्ण काम गर्छन् तर यस्ता समस्याले यौन र यौन क्रिडामा भने समस्या हुन्छ । यौन सम्पर्क गर्न पुरुषको अण्डाशय—पानी र इङ्गुइनल हर्निया हुँदा प्रायः असम्भव नै हुन्छ । पुरुषमा इङ्गुइनल हर्निया अण्डाशयको आसपासमा हुन्छ । यस्तो किसिमको हर्निया महिलामा पनि हुन्छ ।

विशेषगरी हृदयाघात र हृदयाघात उपचारपछिको समय धेरै संवेदनशील समय हो । यस समयमा यौन क्षमतामा समस्या हुनु स्वाभाविकै हो ।

चिनिरोगमा धमनी र शिराको कोलेस्ट्रोल जम्मा भई शिरा र धमनी बाक्लो हुन्छ । यसको परिणामस्वरुप यौनाङ्गमा रक्त सञ्चारको कमी हुन्छ । चिनीरोगको समस्या भएको अवस्थामा मानसिक रुपमा यौन चाहना अत्यधिक भए पनि शारीरिक रुपमा भने यौन शक्ति क्षीण हुँदै जान्छ ।

यौन दुर्बलता महसुस भएको खण्डमा यौन सम्पर्कका लागि यौन शक्ति बढाउने उपाय अवलम्बन गर्न सकिन्छ । यौन शक्ति तथा क्षमता बढाउने केही उपाय छन् । आफूसँग सामान्य रुपमा भएको यौन क्षमता व्यायाम, मालिस र औषधिले वृद्धि गर्न सकिन्छ ।

मांशपेशी को व्यायाम
मांशपेशी को व्यायाम ले यौन शक्ति बढाउन सकिन्छ । कमजोर भएको लिंग र योनिको मांशपेशी को शक्ति मांसपेशीको व्यायामले बढाउन मद्दत गर्छ ।

यौन शक्ति बढाउन का लागि पेटको मांशपेशी, जाङको मांशपेशी, योनि र लिंगको मांशपेशीको व्यायाम गर्न सकिन्छ । मांशपेशीको व्यायाम विशेषगरी वयस्क र वृद्धावस्थामा अति उपयोगी हुन्छ । मांसपेशीको व्यायाम गर्दा पुरुष र महिलाले गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्न सकिन्छ ।

दैनिक ५(७ पटक र एक पटकमा ४०(५० पटक गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्नाले यौन शक्ति बढ्छ । एक पटक मा लगातार दुई शय पटक यो व्यायाम गर्दा पनि कुनै किसिमको हानि हुँदैन । बरु अति फाइदा हुन्छ । गुदद्वारको मांसपेशीको व्यायामले महिलामा यौन क्रिडा शक्ति र कामोत्तेजना बढाउँछ भने पुरुषमा शीघ्र स्खलनबाट छुट्कारा पाउने सम्भावना बढी हुन्छ । यस्तो व्यायाम ले लामो समयसम्म यौन क्रिडा गर्न मद्दत पु¥याउँछ । यौन शक्ति बढाउन यस्तो व्यायाम दैनिक गरिरहनु पर्छ ।

मालिश

मालिश पुरानो र चलनचल्तीको यौन शक्ति बढाउने विधि हो । यौन शक्ति बढाउने मालिस विधि विकसित देशमा अत्यधिक चलनचल्ती र अभ्यासमा छ । यो विधि फलदायी पनि छ । यौन शक्ति बढाउने मालिसको ज्वलन्त उदाहरण अण्डाशयको मालिस हो ।

तालिमप्राप्त व्यक्तिले मालिस गर्नु उपयोगी हुन्छ । थाइल्यान्ड, मलेसिया, सिंगापुर र विकसित देशमा यस्ता मालिस अत्यधिक प्रयोगमा छन् । हाम्रोजस्तो परम्परागत र संकुचित समाजमा लुकेर यौन शक्ति बढाउने मालिस गर्ने चलन भए पनि खुलारुपमा बाहिर भनिँदैन । यौन शक्ति बढाउन पुरुषको लिंग र महिलाको योनिमा हातका औंला तथा हत्केलाको सहयोगले हल्का मध्यम किसिमले शक्ति लगाएर मालिस गरिन्छ । मसाजका प्रकारमध्ये यौनाङ्गको मालिस सबैभन्दा महँगो उपचार पद्धति हो ।

सन्तुष्टि तथा आनन्दानुभूतिका लागि विपरीत लिंगीले मालिस गर्दा अति उत्तम हुन्छ । विपरीत लिंगीले मालिस गर्न सम्भव नभएमा समलिंगीसँग पनि गर्न सकिन्छ । विशेषज्ञको सल्लाहमा यौन जोडीसँग पनि यौनाङ्गको व्यायाम गर्न सकिन्छ । यो व्यायाम यति नै समय गर्नुपर्छ भन्ने छैन । तर यौन शक्ति बढाउन यस्तो व्यायाम गरिरहन सकिन्छ ।

यौन शक्तिबर्धक औषधि

बजारमा यौनबर्धक औषधि नपाइने हैनन् । तर ती औषधिको प्रयोग सम्बन्धित विषयको विशेषज्ञको सल्लाहविना गर्नु हुँदैन । यौन शक्ति बढाउने विभिन्न भियाग्रा पाइन्छन् । सिलाजित, यार्सागुम्बा, च्याबनप्रास चल्तीका यौन शक्तिबद्र्धक आयुर्वेदिक औषधि हुन् । सिलाजित, यार्सागुम्बा, च्यवनप्रास जस्ता यौनबद्र्धक औषधिको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकसँग सल्लाह गर्दा राम्रो हुन्छ ।

सिटेड सिल्डेनाफिल पनि यौन शक्ति बढाउने औषधि हो । भियाग्रा हो । तर यसको बेफाइदा पनि छ । सिल्डेनाफिल औषधिको प्रयोगले फोक्सोसम्बन्धी समस्या हुनुका साथै उच्च रक्तचाप र हृदयाघातको जोखिम हुन्छ । त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि किसिमका यौनबद्र्धक औषधिको प्रयोग गर्नु हुन्न ।

मनोपरामर्श र शल्यक्रिया
यौन उत्तेजना को समस्या भएका व्यक्तिले मनोविशेषज्ञको सल्लाह लिनु उचित हुन्छ । मनो चिकित्सक तथा मनोचिकित्सकको सल्लाहमा पनि यौन समस्या समाधान गर्न सकिन्छ ।

यौन समस्या मांशपेशी र स्नायुको कारणले पनि हुन सक्छ । मांशपेशी र स्नायुका कारणले यौन क्षमतामा समस्या भएको हो भने सल्यचिकित्सकले योनाङ्गको ढाँचा बदलेर वा अंग प्रत्यारोपण गरेर पनि उपचार गर्न सकिन्छ । शरीरमा पोषण तत्वको कमीले पनि यौन जीवनमा समस्या हुने भएकाले खानपानमा उचित ध्यान दिनुपर्छ ।

श्रोत : https://shukrabar.nagariknetwork.com/news

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 572

प्रतिक्रिया (०)

सम्बन्धित खबर