Aamsanchar

जिम्बावे ‘ए‘ विरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Author Image
शुक्रवार, वैशाख ९, २०७९

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट  टोलीको घोषणा गरेको हो। क्यान आज जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला छन्।

यही टिमबाट खेलका लागि सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ। नेपाल र जिम्बावे  ‘ए‘ बीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेल हुने छ।

सिरिज वैशाख १७ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ।

५० ओभरको सिरिज बैशाख १७ देखि २१ सम्म चल्ने छ। टी–ट्वान्टी सिरिज  वैशाख २३ देखि २६ सम्म हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर