Aamsanchar

कनकाई नगरपालिकाले सुरु गर्यो अक्सिजन उत्पादन

Author Image
शुक्रवार, वैशाख ९, २०७९

प्रतिकात्मक तस्वीर । गुगलबाट

कनकाई ।  झापाको कनकाई नगरपालिकालमा अक्सिजन उत्पादन शुरु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा रहेको अक्सिजन प्लाण्टबाट आजबाट अक्सिजन उत्पादन शुरु भएको हो ।

कोरोना महामारी उत्कर्षमा पुगेको बेला ३ बर्षको अवधीमा राज्यबाट प्राप्त १० लाख रुपैँया सहयोग घोषणा गरेर कनकाई नगरपालिकाले अक्सिजन प्लाण्ट स्थापना शुरु गरेको थियो । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले प्लाण्ट स्थापना गर्न ५० लाख रुपैँया सहयोग गरेको नगर प्मुख राजेन्द्रकुमार पोखरेलले बताए । १ करोड ४९ लाख ५५ हजार ३१५ रुपैँया ७५ पैसामा ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले प्लाण्ट आपूर्तीको ठेक्का पाएको थियो ।

टर्कीको मेन्टिस इन्जिनियरिङ कम्पनीको प्लाण्टबाट दैनिक ४० लिटरको १६० वटा सिलिण्डर ग्यास उत्पादन हुने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्लेले जानकारी दिए । एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिने उनले बताए । प्लाण्टमा हाल एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिने गरि व्यवस्था मिलाइएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनमा ९६ प्रतिशत शुद्धता हुने बताइएको छ । प्लाण्ट केहि महङ्गो भएपनि अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपीयन ब्राण्ड रोजेको नगर प्रमुख पोखरेलले बताए । ढिलै भएपनि प्लाण्ट सञ्चालनमा आएको र आफूहरुले गरेको प्रतिबद्धता पूरा भएको मेयर पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर