Aamsanchar

आईपीएलमा आज दुईवटा खेल हुँदै

Author Image
शनिवार, वैशाख १०, २०७९

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्।

जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। गुजरात आजको खेल जित्दै पहिलो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । ७ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ। उसले आजको खेलमा जित निकाल्दै तालिकामा स्थान सुधारको लक्ष्य लिएको छ।

यस्तै शनिवार राति हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद भिड्दैछन्।

बैंग्लोर ७ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । यो खेल जितेर शीर्ष स्थानमा पुग्ने लक्ष्य बैंग्लोरको पनि छ। बैंग्लोरसँग भिड्न लागेको हैदरावाद ६ खेलबाट ८ अंक जोडेर ५औँ स्थानमा छ।

यसअघि गएराति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर