Aamsanchar

चारपानेमा खुल्यो कला केन्द्र

Author Image
आइतवार, वैशाख ११, २०७९

चारपाने । झापाको विर्तामोड–२, चारपानेमा मोरिक साधना कला केन्द्र उदघाटन भएको छ ।

रियालिटि सो सारेगमप लिटल चेम्स् नेपालकी बिजेता कृपा पौडेल ले आज (आइतबार) साधना कला केन्द्र को एक कार्यक्रम बिच रिवन काटेर उद्घाटन गरेकी छन् ।

क्षितिज नाट्य प्रतिष्ठान प्रदेश १ की केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले आफ्नै निजी निवासमा मोरिक साधना कला केन्द्र संचालनमा ल्याएकी हुन् ।

गायन, बाध्यबाधन, नृत्य ,अभिनय,योग ब्यायाम, मोडलिङ ,उद्घोषण तथा सकारात्मक सोच सम्बन्धी प्रेरणादायि शिक्षा प्रदान गर्दै व्यवसायिक हिसावले मात्र नभएर स्वस्थ, सभ्य र सिर्जनशिल समाज निर्माणमा विशेष योगदान पुर्याउने उद्देश्यले साधना कला केन्द्रको स्थापना गरिएकोे संचालक खतिवडा को भनाइ रहेको छ ।

बालबालिकाहरुको लागि स्वास्थ भोजन सहितको शनिबार कक्षा, महिला समुदाय वर्गको लागि जुम्मा नृत्य,ब्यायाम, युवाहरुका लागि नृत्य,उद्घोषण,अभिनय मोडलिङ तथा सबै उमेर समुदायका ब्यक्ति ब्यक्तित्वहरुका लागि सकारात्मक सोच, लोक संस्कार र संस्कृति सम्बन्धि बिधागत प्रशिक्षकहरुबाट दैनिक कक्षा सञ्चालन गरिने खतिवडाले बताइन ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1166

प्रतिक्रिया (०)

सम्बन्धित खबर