Aamsanchar

कोपा डेल रेको उपाधि रियल बेटिसलाई

Author Image
आइतवार, वैशाख ११, २०७९

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै बेटिसले उपाधि जितेको हो ।​ बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रेको उपाधि जितेको हो ।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा बेटिसले बाजि मार्यो । पेनाल्टीमा भ्यालेन्सियाका युनुस मुसाले गोल गर्न सकेनन् । त्यसअघि खेलको ११ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।​ भ्यालेन्सियाका लागि ३० औं मिनेटमा ह्युगो डुरोले बराबरी गोल फर्काएका थिए । बेटिसको यो पाँचौं उपाधि हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)