Aamsanchar

प्रदीप राज पाण्डे जिम्बावे नेपाल सिरिजका लागि सहायक प्रशिक्षकमा नियुक्त

Author Image
सोमवार, वैशाख १२, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले विकेट किपर ब्याट्सम्यान प्रदीप राज पाण्डेलाई जिम्बावे नेपाल सिरिजका लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई मंगलबार सहायक प्रशिक्षकमा नियुक्त गरेको पाण्डेले जानकारी गराउनु भयो। नेपाली टिमले राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायको नेतृत्वमा प्रशिक्षण गर्दै छ।

विगतमा राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी अञ्चलबाट २०४२–४८ सम्म प्रतिनिधतव गरेका थिए। पाण्डे राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक समेत हुन् । पाण्डे यसअघि पनि नेपाली राष्ट्रिय टोलीलाई २०१९ मा उमेश पट्वाल राष्ट्रिय टिमका प्रशिक्षक हुँदा साउथ एशियन गमेसमा समेत उहाँले प्रशिक्षकको भुमिका निभाएका थिए। त्यसैगरी २००४ मा मल्यसियामा भएको एसीसी वोमन प्रिमियर क्रिकेट प्रतियोगीतामा मुख्य प्रशिक्षकको भुमिका निभाएका थिए। लामो समय देखि नेपाली क्रिक्रेट लाई योगदान दिँदै आएका पाण्डे नेपाली महिला क्रिकेट उत्पादनका लागि विराटनगरमा समेत सक्रिय थिए।

पाण्डेले भन्नुभयो ‘नेपाली क्रिकेट संघले दिएको यस जिम्मेवारीलाई म आफू सक्दो प्रयास गरेर यस भूमिकालाई र नेपाली क्रिकेट लाई टेवा पुर्याउछु।’ उहाँको अनुसार भोलि देखि  नेपाल क्रिकेट टिमको प्रतियोगिताको बन्द प्रशिक्षणमा समावेश हुनुन्छ।

जिम्बावेको ए टिमविरुद्ध घरेलु मैदानमा हुने ५० ओभर र २० ओभरको सिरिजका लागि नेपाली क्रिकेट टिमले भोली (मंगलबार) बाट प्रशिक्षण सुरु गरेको छ, जसमा क्यानले बन्द प्रशिक्षणका लागि २३‌ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ सन्दीप लामिछाने कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोदभण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाशबोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर