Aamsanchar

पञ्जाबद्वारा चेन्नई पराजित

Author Image
मङ्गलवार, वैशाख १३, २०७९

काठमाडौं –शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।

आठ खेलमा पञ्जाबको यो चौथो जित हो । पञ्जाब छैटौं स्थानमा छ । चेन्नईको भने यो छैटौं हार हो । चार अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ ।

धवनले ५९ बलमा ९ चौका र २ छक्कासहित ८८ रन बनाए । भानुका राजापाक्क्षेले ४२ रन बनाए । धवन र राजापाक्क्षेले दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । लियाम लिभिङस्टोनले १९ र कप्तान मयांक अग्रवालले १८ रन बनाए । चेन्नईका ड्वानी ब्राभोले दुई र महीश थीकशानाले एक विकेट लिए ।

चेन्नईका लागि अम्बती रायडुले ७८ रन बनाए भने रुतुराज गाइकवाडले ३० रन बनाए । कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए । महेन्द्रसिंह धोनीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पञ्जाबका कागिसो राबडाल र रिशी धवनले समान दुई विकेट लिए भने सन्दीप शर्मा र अश्रदीपले एक एक विकेट लिए ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोलीले समान १० अंक जोडेका छन् । तर, राजस्थानले सात खेलेको छ भने बैंगलोरले आठ खेल खेलेको छ । रनरेटका आधारमा राजस्थान तेस्रो र बैंगलोर पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर