Aamsanchar

आज गुजरात र हैदरावादबीच प्रतिस्पर्धा हुँदै

Author Image
बुधवार, वैशाख १४, २०७९

इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल वानखडे स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।

सात खेल खेलेकोमा ६ मा जित र एकमामा हार व्यहोरेर गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ। यस्तै हैदरावादले ७ खेलमध्ये ५ मा जित र २ मा हारे व्यहोरेको छ। अंकतालिकामा हैदरावाद १० अंक बनाएर तेस्रो स्थानमा रहेको छ।

आईपीएल टि–ट्वान्टी क्रिकेटमा गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर