Aamsanchar

मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आईएमएफकाे आग्रह

Author Image
बुधवार, वैशाख १४, २०७९

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन, कर बढाउन र ऋण सङ्कट हटाउन लचिलो विनिमय दर अपनाउन आग्रह गरेको छ ।

आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले मुद्रास्फितिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाई गर्नुपर्ने बताउनु भएको हो ।  उहाँले कुनै पनि आईएमएफ प्याकेजको महत्व र श्रीलङ्कासँग सम्झौता गर्ने बारे भने कुनै प्रतिक्रिया दिनु भएको छैन । केही समय यता श्रीलंका आर्थिक संकटको चपेटामा परेको छ । आर्थिक संकटकै कारण त्यहाँ स्वास्थ्य, शिक्षासँगै दैनिक उपभोग्य वस्तुको अभाव र महंगी छ भने उर्जाको समेत समस्या छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 474

प्रतिक्रिया (०)

सम्बन्धित खबर