Aamsanchar

अष्ट्रेलियामा ‘एन्का जेम्स’ मार्फत नेपाली बाल क्रिकेट खेलाडी छनौट गरिने

Author Image
शनिवार, वैशाख १७, २०७९

अष्ट्रेलियामा नेपालीहरुको एक स्थापित क्रिकेट क्लब एडिलेड नेप्लिज क्रिकेट एसोशियसन ‘एन्का’ ले अष्ट्रेलियाको एडिलेडमा अवस्थित १० र १२ वर्ष भन्दा कम उमेरका खेलाडी हरुलाई ‘एन्का जेम्स’ नामक सिजन मार्फत खेलाडी छनौट गरेर प्रशिक्षण दिने भएको छ।

आगामी अक्टोवर शुरु हुने क्रिकेटको सिजनका लागि एन्काले बालबालिकाको टिम ञएन्का जेम्सझ का लागि यहि मे २८ मा एडिलेडमा खेलाडी छनौट गर्ने भएको छ । छनौट इन डोर हुने भएकाले क्रिकेट खेलिरहेका बालबालिकाहरुलाई नयाँ अनुभव हुने भएको छ । जसका लागि सहभागीले मे १५ भित्र एन्कामा दर्ता हुनु पर्ने छ ।

त्यस दिन छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लवहरु संग हुने खेलहरुमा सहभागी गराउने एन्काका अध्यक्ष विजय जोशीले बताए । उनले भने टिममा नेपाली मात्र नभएर अन्य देशका पनि समावेश हुन सक्ने छन् ।

१० वर्ष र १२ वर्ष भन्दा कमका दुई उमेर समुहका लागि छनौट हुने छन् । जोशीले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया आएर क्रिकेट खेल्न टिममा समावेश भएको युवाहरुले समेत यहाँका क्लवहरुमा स्थान लिन थालेको सन्दर्भमा यहा हुर्किदै गरेको पुस्तालाई उचित प्रशिक्षण दिन सके अष्ट्रेलियाकै टिममा क्रिकेट खेलमा स्थान बनाउने मात्र नभएर पौडीमा बेलायतमा हुर्केकी गौरिका सिंह जस्तै नेपालका लागि पनि खेल्न सक्ने अपेक्षा गरेका छन् ।

जोशीले अष्ट्रेलियामा नेपाली मुलका खेलाडी उत्पादन गर्न सकेमा नेपाली समुदाय नै स्थापित हुने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर