Aamsanchar

देह व्यापार र सामाजिक विषयमा आधारित लघु चलचित्र ‘परिबन्ध’ सार्वजनिक

Author Image
आइतवार, वैशाख १८, २०७९

बिर्तामोड । देह व्यापारमा लागेका महिलालाई समाजले हेर्ने दृष्टिकोण नराम्रो मानिने गरेको छ । कुनै पनि महिला देह व्यपारमा सहजै लागेको हुदैनन् उनिहरु पहिला विभिन्न परिबन्धमा परेका हुन्छन् । आफ्नो पारिवारिक अवस्था र सो बाट भोग्नु परेको आर्थिक र मानसिम समस्याले एक महिलालाई कुन हद सम्मको परिबन्धमा पुर्याएको हुन्छ ।

समाजले समयमै उनिहरुको अवस्थालाई बुझिदिन नसक्नु र प्रतिकुल परिस्थितीको वेला केही पुरुषबाट केही महिलाहरु कसरी प्रभावमा पर्ने गरेका हुनसक्छन् र देह व्यापारको बाटो रोज्न कसरी बाध्य हुन्छन भन्ने सामाजिक विषयलाई उठान गरिएको लघु चलचित्र ‘परिबन्ध’ को आज प्रि सो गरिएको छ ।

छितिज नाट्य समूहको व्यानरमा छितिज संगीत साधना प्रतिष्ठानको झापाले निर्माण गरेको लघु चलचित्र ‘परिबन्ध’आज विर्तामोडमा आयोजित एक कार्यक्रमका विच साहित्यकला प्रेमी देवीभक्त श्रेष्ठले रिमोट दवाएर चलचित्रको प्रि प्रर्दन गरेका थिए ।

रंगकर्मी माधव कल्पितको परिकल्पना, जितेन्द्र श्रेष्ठको लेखन र निर्देशन रहेको लघु चलचित्रमा मुख्य कलाकारमा सृष्टी आचार्य, रतन सिगु लिम्बु, किरण कन्दङवा रहेका छन् । त्यसैगरी सञ्जु मैनाली, गोविन्द रहपाल, जितेन्द्र श्रेष्ठ, सुजन शिवाकोटी, निरज पोखरेल, मणी बर्देवा, पवित्रा ओली, ज्ञानु खड्का, राजकुमार गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

परिबन्धको च्यारेटी सो बाट उठेको रकम बिर्तामोड–१ मा निर्माण हुदै गरेको बहुजाती बहुभाषी सांस्कृतिक संग्रालयसहितको झापा नाट्क घर निर्माणकालागि उपलब्ध गराईने निर्माण पक्षले बताएको छ ।

लघु चलचित्रको छायाँकन तथा सम्पादन गजेन्द्र पृथकले गरेका छन् ।

चलचित्रको प्रि सो पस्चात प्रमुख अतिथि देवीभक्त श्रेष्ठ, पत्रकार विनोद पाण्डेलयागतले चलचित्रको समग्र पक्षको बारेमा समिक्षा धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 774

प्रतिक्रिया (०)

सम्बन्धित खबर