Aamsanchar

आज गुजरात र पन्जाब खेल्दै

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ ।

गुजरात नाै खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाकाे आठौँ स्थानमा छ ।

गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई सात विकेट हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर