Aamsanchar

झापा र आरसी ३२ को सी डिभिजन लिगमा शतप्रतिशत नतिजा

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई चर्चित टिम झापा फुटबल क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जितलाई निरन्तरता दिएका छन् ।

लिगको चोथो चरणका कुल सात खेल हुँदा १४ गोल भएका छन् । जहाँ दुई खेलमा भने हार जितको नतिजा निस्केको छैन । समग्रका लिगको चौथो चरणका गोलसंख्या कमसमेत भएका छन् ।

९ वैशाखदेखि सुरु भएको लिगका सुरुवाती चार खेलमा जित निकालेको झापा शीर्ष स्थानमा छ । यस्तै, समान खेलमा समान नतिजा निकालेको आरसी ३२ दोस्रो स्थानमा रहँदा प्लानिङ ब्वाइज युनाइटेड आठअंकसहित तेस्रो स्थानमा छ ।

सात अंक जोडेका सानेपा, मनोहरा युनाइटेड र महावीर क्लब क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । समान ६ अंक जोडेका रानीबारी स्पोर्ट्स र समाज कल्याण खेलकुद केन्द्र सातौं र आठौं स्थानमा छन् । चार खेलमा पाँच अंक जोडेको खालीबारी युथ क्लब नवौं तथा चार खेलमा चार अंक जोडेको स्पोर्ट्स एकेडेमी साँगा १०औं स्थानमा छ ।

पुल्चोक तीन अंकसहित ११औं तथा दुई अंक जोडेको स्वयम्भु क्लब १२औं स्थानमा छ । क्रमशः १३औं र १४औं स्थानका ओसिस र वीरगञ्ज युथ एकेडेमीले अंक जोड्न सकेका छैनन् ।

एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।

१, पहिलो चरणका खेल र नतिजाः

स्पोर्टस् एकेडेमी सांगा १–२ महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी १–० खालीवारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब ०–१ प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाईटेड क्लब ४–० वीरगञ्ज युथ एकेडेमी
ओसिस क्लब ०–३ सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब ४–३ स्वयम्भू क्लब
समाज कल्याण्ड खेलकुद केन्द्र २–४ झापा एफसी

२, दोस्रो चरणका खेल र नतिजा

महावीर क्लब १–१ प्लानिङ ब्वाईज क्लब
खालिवारी युथ एफसी २–२ स्पोर्टस् एकेडेमी साँगा
पुल्चोक स्पोर्टस् क्लब ०–२ सानेपा क्लब
मनोहरा युनाईटेड क्लब १–१ स्वयम्भू क्लब
आरसी ३२ फुटबल एकेडेमी ३–१ वीरगञ्ज युथ एकेडेमी
रानीवन स्पोर्टस् क्लब ०–१ समाज कल्याण खेलकुद केन्द्र
ओसिस क्लब ०–१ झापा फुटबल क्लब

३, तेस्रो चरणका खेल र नतिजा

स्पोर्टस् एकेडेमी साँगा ०–२ प्लानिङ ब्वाइज युनाईटेड
खालीबारी युथ क्लब २–० वीरगञ्ज युनाईटेड
महावीर क्लब ३–२ सानेपा क्लब
आरसी ३२ फुटबल क्लब ३–२ स्वयम्भू क्लब
पुल्चोक स्पोर्टस् क्लब ०–१ झापा फुटबल क्लब
मनोहरा युनाइटेड क्लब १–२ समाज कल्याण्ड खेलकुद केन्द्र
ओसिस क्लब १–२ रानिवन स्पोर्टस् क्लब

४, चौथो चरणका खेल र नतिजा

वीरगञ्ज युथ एकेडेमी ०–२ स्पोर्टस् एकेडेमी साँगा
खालिबारी युथ फुटबल क्लब २–२ स्वयम्भू क्लब
प्लानिङ ब्वाइज युनाईटेड १–१ सानेपा क्लब
महावीर क्लब १–२ झापा फुटबल क्लब
पुल्चोक स्पोर्टस् क्लब १–० रानिवन स्पोर्टस् क्लब
आरसी ३२ फुटबल एकेडेमी १–० समाज कल्याण खेलकुद केन्द्र
मनोहरा युनाईटेड क्लब १–० ओसिस क्लब

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर