Aamsanchar

नेपालद्वारा जिम्बावे ‘ए’ ८ विकेटले पराजित

Author Image
बुधवार, वैशाख २१, २०७९

काठमाण्डाै – जिम्बावे ‘ए’ सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएकाे छ ।

जिम्बावे ‘ए’ ले दिएकाे एक सय ३७ रनकाे लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८७ रन बनाए । यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए । बलिङतर्फ जिम्बावे ‘ए’ का लाेके जाेङ्गी र ब्रान्डन मभुताले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायाे । उसका लागि राेए कायाले ४९, तदिवान्शे माैरामनीले २७ र लुके जाेङ्गेले नटआउट २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा साेमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । जिम्बावे ‘ए’ का तीन जना खेलाडी रन आउट भए ।

याेसँगै तीन खेलकाे शृङ्खला एक–एककाे बराबरीमा सकिएकाे छ । यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे ।

टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर