Aamsanchar

कोरोना संक्रमणको नयाँ लहर आउने संकेत, चीनका मुख्य सहरमा लकडाउन

Author Image
बुधवार, वैशाख २१, २०७९

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि चीनका मुख्य सहरमा लकडाउन गरिएको छ । भारतमा पनि केही दिनयता संक्रमण तीव्र बढेको छ र दैनिक थपिने संक्रमणको संख्या तीन हजारको हाराहारीमा पुगेको छ ।

बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा भेटिएको ओमिक्रोन ‘एक्सई’ भेरियन्ट भारतमा देखा परेको छ, जुन ओमिक्रोन भेरियन्ट (बीए–१ र बीए–२) भन्दा १० गुणा बढी संक्रामक मानिएको छ ।

सरूवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार ‘एक्सई’ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनबीच (बीए–१ र बीए–२ ) बाट मिक्सअप भएर विकसित भएको प्रजाति हो । तर कति घातक छ भन्ने अध्ययनकै क्रममा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 576

प्रतिक्रिया (०)

सम्बन्धित खबर