Aamsanchar

नेपालले आज जिम्बावे ‘ए’ विरुद्ध एकदिवसीय क्रिकेट खेल्दै

Author Image
शुक्रवार, वैशाख २३, २०७९

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो।

त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ढ बजे शुरु हुनेछ। नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन।

यसअघि टी–ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेल वर्षाले प्रभावित भएको थियो। आज पनि उपत्यकामा पानी परेकाले खेल प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर