Aamsanchar

आईपीएल क्रिकेट : आज गुजरात र मुम्बई खेल्दै

Author Image
शुक्रवार, वैशाख २३, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ । गुजरातले १० खेलमा ८ मा जितसहित १६ अङ्क जोडेको छ । मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ । उसको दुई अङ्क मात्रै छ ।

आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २१ रनले हराएको थियो । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर