Aamsanchar

नेपाललाई जिम्बाब्वे ‘ए’ द्वारा ८८ रनको सामान्य लक्ष्य

Author Image
शनिवार, वैशाख २४, २०७९

काठमाण्डाै – नेपालसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्वे ‘ए’ टोली ३१ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । जिम्बाब्वेका जनथान क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरे । करण र सोमपालले ३/३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । हिजो भएको पहिलो एक दिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । यसअघि भएको तीन टी–२० अभ्यास खेल एक/एकको बराबरीमा सकिएको थियो ।

दोस्रो टी–२० वर्षाका कारण प्रभावित भएको थियो । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 452

प्रतिक्रिया (०)

सम्बन्धित खबर