Aamsanchar

सागकी स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

Author Image
मङ्गलवार, वैशाख २७, २०७९

काठमाडौं :   १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत फेला परेकी छन्।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी चौधरी प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुमा रहेको घरमा मंगलबार मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ।  बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले दुई वर्ष अघि भएको १३ औं सागमा ५९ केजी तौल समुहमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण पदक जित्ने उनी पहिलो महिला नेपाली खेलाडी हुन्। उनी केहि दिन अघि भएको एसियाली छनोटमा भाग लिन राजधानी आएकी थिइन्।

उनी प्रशिक्षक महर्जनको ललितपुर लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन्।  प्रशिक्षक सञ्जयको घरमा सोमबार भोजको आयोजना गरेकोमा सञ्जुमा पनि त्यसैमा सहभागी हुन लुभु पुगेकी थिइन्। सञ्जयले नै सञ्जुलाई सातौं राष्ट्रिय खेलकुदमा उनको प्रतिभा पहिचान गर्दैै भारोत्तोलन खेलमा ल्याएका थिए। सञ्जुले सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण जितेकी जितेकी थिइन्। उनी दक्षिण एशियाली प्रतियोगितामा भारोत्तोलनतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। हाल उनी चीनको ह्वाङ्गझाउमा हुने एशियन गेम्सको तयारीमा ब्यस्त रहेकी थिइन्।

२०७३ को सातौं राष्ट्रिय खेलपछि सञ्जय महर्जनको प्रशिक्षण पाएकी उनले त्यसपछिका प्रायः राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो हुनुपरेको छैन्। २०७४ मा भएको राखेप च्याम्पियनसिपमा उनले पहिलो पटक राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगिताबाट स्वर्ण जितिन्। त्यसपछि राष्ट्रिय प्रतियोगिताहरुमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको थिएन्।

सञ्जुसँगसम्म सातवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव थियो। २०१७ मा कोरियामा भएको एसियाकप तथा इन्टर क्लब च्याम्पियनसिपमा ३ रजत र ३ कास्य जितेकी थिइन्। त्यस्तै जाकर्तामा सम्पन्न १८ औं एसियन गेम्समा पनि उनले सहभागिता जनाएकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर