Aamsanchar

आज लखनउ र गुजरात खेल्दै

Author Image
मङ्गलवार, वैशाख २७, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् । यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 404

प्रतिक्रिया (०)

सम्बन्धित खबर