Aamsanchar

इन्टर मिलानलाई कोपा इटालियाको उपाधि

Author Image
बिहिवार, वैशाख २९, २०७९

काठमाडौं : इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार राति भएको खेलमा इन्टरले सिरी ‘ए’  प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै कोपा इटालियाको च्याम्पियन बनेको हो।​

रोमामा भएको खेलमा निर्धारित समय २-२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो। जहाँ युभेन्ट्सलाई ४-२ ले पाखा लगाउन इन्टर सफल रह्यो।

खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले मार्सेलो ब्रोजोभिचको पासलाई सदुपयोग गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसपछि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल थप्दै युभेन्ट्सले खेलमा अग्रता लिएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको इन्टर विरुद्व ५०औं मिनेटमा एलेक्स सान्द्रोले तथा ५२औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए। तर अन्तिम १० मिनेट अग्रता जोगाउन युभेन्टस असफल हुँदा इन्टरको पक्षमा खेल गएको थियो। ८०औं मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए।

निर्धारित समय २-२ गोलको बराबरी भएपछि थप गरिएको अतिरिक्त समयको ९९औं मिनेटमा इभान पेरिसिसले पेनाल्टीमा गोल गर्दै खेल इन्टरको पक्षमा पारेका थिए। १०२औं मिनेटमा पेरिसिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इन्टर च्याम्पियन बनेको थियो। १०४औं मिनेटमा युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रातो कार्ड खाँदै टच लाइन छाड्नुपरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर