Aamsanchar

काठमाडौंमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच क्रिकेट खेल हुने

Author Image
आइतवार, जेठ १, २०७९

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा व्हील चेयर क्रिकेट संघको आयोजनामा नेपाल–भारत टी–२० क्रिकेट खेल हुने भएको छ ।

नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०–१२ मा हुने आयोजक संस्थाका अध्यक्ष च्लुतीम शेर्पाले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 558

प्रतिक्रिया (०)

सम्बन्धित खबर