Aamsanchar

धनुषामा भाइद्वारा दाइलाई गोली प्रहार

Author Image
मङ्गलवार, जेठ ३, २०७९

जनकपुरधाम – दाइ-भाइबीचको विवादले उग्ररुप लिएपछि गोली चलेको छ।  धनुषामा भाइले दाइलाई गोली हानी घाइते बनाएका छन् ।

नगराइन नगरपालिका ८ स्थित अकौरा बस्ने जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।

दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार ७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको छ।

अहिले उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरको धनुषाका प्रहरी प्रवाक्ता डीएसपी प्रदिप क्षेत्रीले जानकारी दिए ।
चार-पाँच वर्षदेखि दुबै पक्षबीच निरन्तर झैंझगडा हुँदै आएको उनले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर