Aamsanchar

झापाको हल्दीबारी ४ मा राप्रपाको प्यानल नै विजयी

Author Image
मङ्गलवार, जेठ ३, २०७९

झापा – झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा राप्रपाको प्यानल विजयी भएको छ । नेपाली काँग्रेसतर्फबाट वडाअध्यक्ष बनेका निवर्तमान अध्यक्ष होमप्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन् । थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुडाल भन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए ।

मेचेले ८१६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल, सुरेन्द्र वाह्रकोटी, भगिरथा दाहाल र शान्ता देवी विश्वकर्मा निर्वाचित भएका छन् । यसअघि राप्रपाले १ नम्बर वडामा पनि प्यानल जितिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर