Aamsanchar

राष्ट्रिय फुटबल टोली एसियन कप छनोट खेल्न आज कतार जाँदै

Author Image
बुधवार, जेठ ११, २०७९

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो ।

त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । हरेक समूहका शीर्ष टोली र उत्कृष्ट दोस्रो टोली चीनमा हुने एसियन कप–२०२३ मा छनोट हुने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 667

प्रतिक्रिया (०)

सम्बन्धित खबर