Aamsanchar

क्रिकेट खेलाडीकाे मासिक तलबमा वृद्धि

Author Image
बुधवार, जेठ ११, २०७९

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडी, मैदान कर्मचारी र कार्यालय सहयोगी तथा पिच क्युरेटरको मासिक तलबमा वृद्धि गरेको छ ।

यही जेठ १० गते बसेको क्यान बोर्ड बैठकले आउँदो अप्रिल १ तारिखबाट लागु हुने गरी खेलाडी, मैदान कर्मचारी र कार्यालय सहयोगी तथा पिच क्युरेटरको मासिक तलबमा वृद्धि गरेको हो ।

“अप्रिल १, २०२२ देखि लागु हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरू, मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गरिएको छ,” क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्यानका अनुसार राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहने सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रूपैयाँले वृद्धि गरिएको छ ।

यस्तै, महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक पाँच हजार, ‘बी’ र ‘ए’ ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरिएको छ ।

यसअघि वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीकाले मासिक ४० हजार र ‘सी’ श्रेणीकाले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।

त्यस्तै, महिलातर्फ ‘ए’ श्रेणीमा रहेका खेलाडीले मासिक १५ हजार, ‘बी’ श्रेणीकाले मासिक १२ हजार र ‘सी’ श्रेणीकाले मासिक १० हजार रुपैयाँ पाउँदै आएका थिए ।

यसैगरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक तीन हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले वृद्धि गरिएको छ । टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरिएको क्यानले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)

सम्बन्धित खबर