Aamsanchar

आईपीएलको फाइनलमा राजस्थान

Author Image
शनिवार, जेठ १४, २०७९

राजस्थान रोयल्स, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा पुगेको हो ।

राजस्थान यसअघि सन् २००८ मा फाइनलमा पुगेको थियो । जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । यसअघि अहमदावादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

अब राजस्थानले फाइनलमा गुजरात टाइटन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगिसकेको छ । राजस्थान दोस्रो पटक उपाधि जित्ने सोचमा हुँदा गुजरात आफ्नो पहिलो सिजनमै च्याम्पियन बन्ने दाउमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर