Aamsanchar

आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदै

Author Image
आइतवार, जेठ १५, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 429

प्रतिक्रिया (०)

सम्बन्धित खबर