Aamsanchar

पहिलो सहभागितामै गुजरातले जित्याे आइपिएलको उपाधि

Author Image
सोमवार, जेठ १६, २०७९

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ ।

भारतको अहमदाबादमा आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३९ रन जोडे । यस्तै, याशभी जैसवालले २२, रियान परागले १५ तथा कप्तान सन्जु सामसनले १४ रन बनाए ।

राजस्थानलाई सस्तैमा समेट्न गुजरातका कप्तान हार्दिक पान्डयले ३ तथा साई किशोरले २ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । गुजरातको जितमा शुभमन गिलको अविजित ४५ रन महत्वपूर्ण रह्यो । यसैगरी अलराउण्डर हार्दिक पाण्ड्याले ३४ रन तथा डेभिड मिलरले अविजित ३२ रन जोडे ।

राजस्थानका ट्रेन्ट बोल्ड,प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 379

प्रतिक्रिया (०)

सम्बन्धित खबर