Aamsanchar

झापा एक खेलअगावै ‘बी’ डिभिजनमा बढुवा

Author Image
सोमवार, जेठ १६, २०७९

झापा – पूजन राईको ह्याट्रिकप्रेरित झापा फुटबल क्लबले सोमबार वीरगञ्ज युथ एकेडेमीलाई ५–० ले हराउँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । झापाले सहिद स्मारक ‘सी’ डिभिजन लिगको एक खेलअघि नै ‘बी’ डिभिजनमा स्थान पक्का गरेको हो । झापाले ‘सी’ डिभिजन लिगको अन्तिम खेलमा स्वयम्भू क्लबसँग खेल्नेछ ।

झापाले १२ खेलमा ३१ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको उक्लिएको झापाले दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीलाई तीन अंकले पछि पारेको छ । अन्तिम खेलमा झापा हारेर प्लानिङ ब्वाइज र आरसी ३२ दुबैले जिते पनि हेड टु हेडका आधरमा झापा अगाडि हुनेछ । त्यसकारण झापाको ‘बी’ डिभिजन लिग पक्का भएको हो ।

हारसँगै वीरगञ्ज रेलिगेसनमा परेको छ । ५ अंक जोडेको वीरगञ्जले १३औं स्थानमा छ । यसअघि, ओसिस क्लब रेलिगेसनमा परिसकेको छ । ‘सी’ डिभिजन लिगबाट दुई क्लब ‘बी’ डिभिजन लिगमा उक्लनेछ भने पुछारको दुई क्लब रेलिगेसनमा पर्नेछ । रेलिगेसनमा पर्ने टोलीले अर्को सिजन ‘सी’ डिभिजन क्वालिफायर खेल्नेछ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा पूजनले चार गोल गरे भने सन्तोष लावतीले एक गोल थपे । पूजनले १३औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो । ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका पूजनले ७४औं मिनेटमा ह्याट्रिक गरेका थिए । इन्जुरी समयमा सन्तोषले झापाको अग्रता बढाए । लगत्तै, पूजनले व्यक्तिगत चौंथो गोल गर्दै झापालाई ५–० को फराकिलो जित दिलाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर