Aamsanchar

रहेनन् भारतीय गायक कृष्णकुमार कुन्नथ

Author Image
बुधवार, जेठ १८, २०७९

भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो ।

कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके काेलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुग्नु भएको थियो  ।

केकेले बलिउड फिल्मका धेरै गीत गाउनु भएको छ । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्चित गीत रहेका छन् । केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 517

प्रतिक्रिया (०)

सम्बन्धित खबर