Aamsanchar

नील डेविड्स सलून १६ औं बर्षमा, हात्तीगौंडामा नयाँ सलून उद्घाटन, दुबई र भारतका लागि भयो सम्झौता

Author Image
शुक्रवार, जेठ २७, २०७९

काठमाडौं । नील डेविड्स सलूनको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा बिहिबार नयाँ सलून उद्घाटन गरिएको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा उक्त सलून उद्घाटन गरेका हुन् ।

मेनुका काफ्लेले नीलडेविड्स सलूनको नयाँ शाखामा हात्तीगौंडामा सञ्चालनमा ल्याएकी हुन् ।

सलून उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेता गगन थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नीलडेविड कटवाललाई १६ औं वार्षिकोत्सवको शुभकामना दिँदै यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल हुने विश्वास व्यक्त गरेका थिए । हात्तीगौंडामा सञ्चालनमा आएको नयाँ सलूनको सफलताको कामना गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने थापाले धारणा व्यक्त गरेका थिए ।

अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि अन्तर्राष्ट्रिय विमान परिचारिका रहिसक्नु भएकी मेनुका काफ्लेद्वारा सञ्चालनमा ल्याएको नीलडेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

समारोहमा हेयर स्टाइलिष्ट नीलडेविड कटवालले १६ वर्षअघि काठमाडौं मलमा साढे दुई सय स्क्वायर फिटबाट प्रारम्भ भएको नीलडेविड्स सलूनले डेढ दशकको अवधिमा नेपाल तथा भारतमा करिव एक सय वटा शाखा विस्तार गर्न सफल भएकोमा सबै सहयोगीहरुलाई धन्यवाद दिए ।

हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले बताईन ।

समारोहमा नीलडेविड्स सलूनको नयाँ शाखा दुबईमा समेत विस्तार हुने सम्झौता गरियो । दुबईमा उमेश यादवले संचालन गर्ने भएका हुन् ।  त्यस्तै भारतको कालिङपोङका शिरोमणी शर्माले नीलडेविड कटवालसंग सम्झौता गरेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 957

प्रतिक्रिया (०)

सम्बन्धित खबर