Aamsanchar

सलमान खानको हत्या प्रयास, सुरक्षा व्यवस्था कडा

Author Image
शुक्रवार, जेठ २७, २०७९

सलमान खान र ग्याङस्टर लरेन्स बिस्नोइका नाइके

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् ।

टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् ।सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 640

प्रतिक्रिया (०)

सम्बन्धित खबर