Aamsanchar

झापा आएका दुबईका राजकुमार सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृह प्रसाशनमा सर्कुलर

Author Image
आइतवार, असार ५, २०७९

बिर्तामोड । झापाको विर्तामोड स्थित बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको विशेष निमन्त्रणामा नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउ गृह प्रसाशनले सर्कुलर गरेको छ । शेख मोहम्मद माक्तुम जुमा ला अहिले झापामा छन् । प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।

आइतबार बीएण्डसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी शेख मोहम्मदले सुरक्षाको कारण केचनावल लगायत दुई ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए । सोमबार शेख मोहम्मद पोखरा जाँदैछन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनको सुरक्षा व्यवस्था कडा बनाउन सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताएका छन् ।

सरकारले उनको औपचारिक कार्यक्रम रोकेको हल्ला चलेपनि त्यसबारे आफुलाई थाहा नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । पोखरेलले भने– ‘पर्यकटको रुपमा आएका मान्छेलाई हामी रोक्दैनौ, खर्च गरुन भन्ने नै हाम्रो चाहना हुन्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर