Aamsanchar

विम्बल्डनको वरीयता सार्वजनिक : जोकोभिच शीर्ष‚ नाडाल दोस्रोमा

Author Image
बुधवार, असार ८, २०७९

टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनको वरीयता सार्वजनिक गरिएको छ। जसमा सर्वियन स्टार नोभाक जोकोभिचलाई शीर्ष वरीयता प्रदान गरिएको छ। त्यस्तै दोस्रो नम्बरमा स्पेनिस राफेल नाडाल रहेका छन्। यसको अर्थ विम्बल्डनमा अब यी दुई स्टारको भिडन्त फाइनल अघि हुनेछैन। जोकोभिचले ६ पटक विम्बल्डनको उपाधि जित्दा नाडालले २ पटक जितेका छन्।

महिलातर्फ भने ७ पटककी विजेता सेरेना विलियम्स वरीयताविहीन खेलाडीको रूपमा कोर्टमा उत्रिने छिन्। ४० वर्षीया सेरेनाले कुल २३ ग्रान्डस्लाम जितेकी छिन्। महिलातर्फ सर्वाधिक ग्रान्डस्लामको कीर्तिमान बनाएकी मारग्रेट कोर्ट (२४) भन्दा उनी एक ग्रान्डस्लाम टाढा छिन्।

मेदभेदेव र ज्वेरेव नखेल्ने

यो समयको पुरुष एकलतर्फ शीर्ष स्थानमा रहेका विश्व नम्बर एक रूसी डेनिल मेदभेदेव तथा जर्मनीका विश्व नम्बर दुई रहेका एलेक्जेन्डर ज्वेरेवले विम्बल्डन नखेल्ने भएसँगै पुरुष एकलमा पुनः उपाधि होडमा ‘बूढा बाघ’ मानिएका नाडाल र जोकोभिचलाई नै दाबेदार मानिएको छ।

यी दुई हस्तीको अनुपस्थितिले वरीयतामा पनि नाडाल र जोकोभिचलाई फाइदा भएको छ। विम्बल्डनको आयोजक अल इङल्यान्ड क्लबले रूस र युक्रेन युद्धका कारण रूसी खेलाडीलाई खेल्न रोक लगाएको छ। जसका कारण मेदभेदेवले विम्बल्डन गुमाउन लागेका हुन्। ज्वेरेव भने फ्रेन्च ओपन टेनिस खेलका क्रममा नाडालसँग घाइते बनेपछि उपचाररत छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर