Aamsanchar

प्रदेश १ मा पहिलो पटक स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता हुने, जिमखाना नगएकाले पनि भाग लिन सक्ने

Author Image
आइतवार, असार १२, २०७९

बिर्तामोड । प्रदेश १ मै पहिलो पटक पटक स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
जिम गर्ने र बल भएकाहरुले भागलिन सक्ने स्ट्रेन्थ लिफ्ट्रिङ प्रतियोगिता आगामी असार १८ गते झापाको विर्तामोड स्थित अतिथि सदनमा आयोजना हुने आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजक संस्था स्ट्रेन्थ एसोसिएशन झापाले जानकारी दिएको हो ।

शारिरक सुगठन प्रतियोगितामा शरिरलाई हेरेर मुल्याङकन गरिन्छ । यस खेलमा को कति बलियो छ, कस्ले कति पटक वजन उठान सक्ने मापदंण्डकोे आधारमा निर्णायकले पहिलो दोस्रो छुट्याउने गर्छन्, यस खेलमा मुख्य गरेर जिम सेन्टर जाने गरेका र नगएका हरुले पनि भाग लिन पाउने आयोजक संस्थाका अध्यक्ष अर्जुन अम्सालले बताए ।

स्ट्रेन्थ लिफ्टिङ नेपालको लागि नयाँ खेल भएको बताईएको छ । भारतमा भने यो खेल पुरानो भईसकेको छ, नेपालमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ, जसकालागि प्रदेशहरुबाट खेलाडी छनौट गर्नको लागि यो प्रतियोगिता आयोजना गरिएको हो अन्य प्रदेशहरुमा पनि यस्तै प्रतियोता आयोजना हुने आयोजक संस्थाका सचिव चुडामणी दाहाल (राजु)ले जानकारी दिए ।

खेल सम्पन्न गर्नको लागि आयोजकले १० लाख रुपैंया बजेट अनुमान गरेको छ । प्रतियोगितामा प्रदेश १ का जिल्लाहरुबाट महिला–पुरुष गरेर एकसय भन्दा धेरै खेलाडीले सहभागी जनाउने आयोजकले जनाएको छ ।

खेललाई तिन विधामा परिमार्जित गरिएको छ, सजमा वाइसेफ कर्ल, ह्याकलिफ्ट र इनक्लाईन्ट वेन्च प्रेस रहने छ । खेलमा जुनियर सिनियरको पनि सिमा तोकिएको छ । जसमा जुनियर, मास्टर वान र मास्टर टु रहने छन् ।

प्रतियोगितामा झापाका राष्ट्रिय कोच प्रमाण पत्र प्राप्त गरेका हरि नुनिया धिमाल, प्रशिद्ध भक्तराज लवर्ड, अर्जुन क्षेत्री र चन्द्र रानामगरले आयोजना हुने प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

आफ्नो बल आफ्नो मेडल भन्ने नारा बनाएर प्रतियोगिता आयोजना गर्न लागिएको हो । असार १८ गते बिर्तामोडबाट उत्कृष्ठ बनेका खेलाडीले असार ३२ र साउन १ गते काठमाण्डौंमा राष्ट्रिय स्तरको खेल खेल्ने छन् । त्याहाँबाट पनि उत्कृष्ठ बन्ने देशका कुनै पनि क्षेत्रका खेलाडीले आगामी भदौं १४ गते क्रिकिस्थानमा हुने अन्तर्राष्ट्रिय खेलमा भागलिन सक्ने निर्णायक तथा आयोजक संस्थाका सल्लाहाकार हरि नुनिया घिमालले आमसंचारलाई बताए ।

खेलमा भाग लिनको लागि कति शुल्क लाग्ने र पुरस्कार राशिको बारेमा केहीदिन पछि जानकारी गराउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)