Aamsanchar

गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण हुने

Author Image
सोमवार, असार १३, २०७९

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण गोटबनौली युथ द्वारा आयोजना गर्ने भएको छ।

महोत्तरी जिल्लाको रामगोपालपुरको युवाहरुलाई क्रिकेटमा प्रोत्साहन गर्न र भविष्यमा राष्ट्रिय खेलाडीको उदय गर्न यस प्रतियोगीताको मुख्य उदेश्य रहेको प्रतियोगिता संयोजक अभिषेक यादव (बिबेक) ले बताए।

आईतबार प्रतियोगिता संयोजक अभिषेक यादव र रामगोपालपुर नगरपालिकाका मेयर रामदुलार शाह बीच भेटघाट सम्पन्न भएर प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने र रामगोपालपुर नगरपालिकाले यस प्रतियोगितालाई साथ दिने प्रतिबद्दता मेयर रामदुलार शाहले जानकारी दिए।

प्रतियोगिताको मिति टिम सहभागिताको सम्पूर्ण जानकारी छिटै पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रतियोगिता संयोजक अभिषेक यादव ( बिबेक ) ले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर