Aamsanchar

फिलिपिन्समा १ सय ६५ जना यात्रु सवार फेरीमा आगलागी

Author Image
सोमवार, असार १३, २०७९

फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेकाे एउटा फेरीमा आगलागी भएको छ ।  उद्धारकर्ताहरूले दुई जनाबाहेक सबैलाई सुरक्षित रुपमा उद्धार गरेका छन् ।

आगलागीमा परेर एक जनाको ज्यान गएको छ भने अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले बताएका बीबीसीले जनाएको छ ।

मामा मेरी–क्लो नाम गरेको डुङ्गा बोहोल र लेयट टापुको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा उद्धारपछि यात्रुहरु नदी  किनारमा बसेको देखिएको छ ।

फेरीमा १ सय ५७ यात्रु र आठ चालकदलका सदस्य रहेका खबरमा उल्लेख गरिएको छ । आगलागीको कारण खुल्न बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर