Aamsanchar

दश महिनामा पूर्वीनाकाबाट करिब ४६ करोड रुपैयाँको फलफूल आयात

Author Image
सोमवार, असार १३, २०७९

मेचीनगर।  पूर्वी काँकरभिट्टानाकाहुदैं फलफूल आयातबाट मात्रै करिब ४६ करोड रुपैयाँ बाहिरिएको छ । यो नाका भएर चालु आर्थिक वर्ष २०७८/२०७९ को जेठ महिनासम्ममा ४५ करोड रुपैयाँ भन्दा बढीको फलफूल आयात भएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार दशमहिनाको अवधिमा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँ मुल्य बराबरको आठ हजार दुईसय ३६ मेट्रिक टन फलफूल आयात भएको हो ।

नेपालमा मौसम अनुसारका फलफूल उत्पादन हुन्छन् । ती फलफूलहरु पनि विभिन्न कारणले बजारसम्म पुग्न सक्दैनन् । जसका कारण बजारमा आयातित फलफूलको हिस्सा ठूलो रहेको कार्यालयका प्र्रमुख बाली संरक्षण अधिकृत देविन्द्र साहुले बताउनुभयो । यसैका कारण ठूलो परिमाणमा फलफूल आयात भइरहेको हो । उक्त आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुर वापत करीव १२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले आयात तथा निर्यात वापत प्रति एउटा निवेदन बराबर दुईस रुपैयाँ शुल्क लिने गरेको कार्यालयले जनाएको छ ।

यो नाका भएर नेपालले दशमहिनाको अवधिमा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँ मुल्य बराबरको आठ हजार दुईसय ३६ मेट्रिक टन फलफूल आयात हुँदा सबैभन्दा बढी स्याउ चाइनाबाट आयात भएको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालमा यो नाका भएर २९ करोड ७३ लाख ७ हजार रुपैयाँ मुल्य बराबरको ४ हजार ६ सय ४५ मेट्रिक टन स्याउ आयात भएको छ । त्यस्तै दोस्रोमा सबैभन्दा बढी भुईकटहर आयात भएको देखिन्छ । जसमा १० महिनाको अवधिमा ४ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको १ हजार ८ सय ७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी १२ लाख ८० हजार रुपैयाँ मुल्य बराबरको ४६ मेट्रिक टन केरा, ७९ लाख ५१ हजार रुपैयाँ मुल्य बराबरको १ सय ६६ मेट्रिक टन नरिवल, ६७ लाख ७० हजार रुपैयाँ मुल्य बराबरको ७६ मेट्रिक टन जुनार, ४९ लाख ४९ हजार रुपैयाँ मुल्य बराबरको १ सय ३ मेट्रिक टन आप, २ करोड ९७ लाख रुपैयाँ मुल्य बराबरको २ सय ९ मेट्रिक टन अनार, ७७ लाख ६१ हजार रुपैयाँ मुल्य बराबरको १ सय २१ मेट्रिक टन अंगुर, १ करोड ७८ लाख ७८ हजार रुपैयाँ मुल्य बराबरको ३ सय ७२ मेट्रिक टन सुन्तला, ३६ लाख ७३ हजार रुपैयाँ मुल्य बराबरको ८२ मेट्रिक टन नास्पाति, ५ लाख ९८ हजार रुपैयाँ मुल्य बराबरको १९ मेट्रिक टन अम्बा, ९३ लाख ८४ हजार रुपैयाँ मुल्य बराबरको ३ सय ९१ मेट्रिक टन खर्भुजा आयात भएको छ ।

उक्त आयातित फलफूल सबैभन्दा बढी भारत र चीनबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । जुनार दक्षिण अफ्रिकाबाट आयात हुने गरेको छ । काँकरभिट्टानाका भएर आयातित फलफूल झापाका स्थानीय बजारदेखि संघीय राजधानीसहित ठुल्ठुला शहरसम्म पुग्ने गरेको कार्यालयले भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१