Aamsanchar

चर्चित मलयालम अभिनेता प्रसादद्वारा आत्महत्या

Author Image
मङ्गलवार, असार १४, २०७९

एजेन्सी – चर्चित मलयालम अभिनेता एनडी प्रसादले ४३ वर्षको उमेरमा आत्महत्या गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको शव कोच्चि नजिकै कलामस्सेरीमा रहेको आफ्नो घरबाहिर रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । प्रसादका श्रीमती र २ छोराछोरी छन् । उनको शवलाई सबैभन्दा पहिला उनका छोराछोरीले देखेपछि छिमेकीलाई खबर गरेका थिए ।

प्रसादले मानसिक तनाव र पारिवारिक समस्याका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताइएको छ । प्रसादका श्रीमती र प्रसाद केही महिनादेखि अलग बस्दै आएका थिए । प्रसाद घरायसी समस्याका कारण उनी मानसिक तनावबाट गुज्रिरहेका थिए ।

प्रसाद विरुद्ध यसअघि धेरै मुद्दाहरू दर्ता भएका थिए । उनीमाथि लागूऔषध राखेको आरोप पनि लागेको थियो । गत वर्ष एर्नाकुलम आबकारी सर्कलले गरेको छापामारीमा उनी लागूऔषधसहित पक्राउ परेका थिए । उनको साथबाट २ दशमलव ५ ग्राम चरेस तेल, ० दशमलव १ ग्राम बुप्रेनोर्फिन, १५ ग्राम गाँजा र एक चक्कु बरामद भएको थियो ।

प्रसाद मलयालम फिल्म क्षेत्रका चर्चित अभिनेता हुन् । उनले मलयालमका थुपै चर्चित फिल्ममा काम गरेका छन् । उनले धेरैजसो फिल्ममा खलनायकको भूमिकामा काम गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर