Aamsanchar

नीलडेविड्स सलूनको ८० औं फ्रेन्चाइजी बिहारको दरभंगामा

Author Image
बुधवार, असार १५, २०७९

काठमाडौं।  सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेविड कटवालको नीलडेविड्स सलून यतिबेला नेपालमा मात्र होइन, भारतमा पनि चर्चित बन्दै गैरहेको छ ।

नीलडेविड्स ब्राण्डको नयाँ फ्रेन्चाइजी सलून भारतको बिहारस्थित दरभंगामा समेत सञ्चालनमा आएको छ ।
दरभंगाका व्यवसायी इकबाल अहमदले आफ्नो तीन तल्ले भवनमा सञ्चालनमा ल्याएको नीलडेविड्स सलून उद्घाटन गर्दै सञ्चालनमा ल्याएका छन् ।

नीलडेविड कटवाल तथा दरभंगाका विधायक फैसलले संयुक्त रुपमा उक्त सलूनको रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कटवालले नेपालको झापास्थित सानो गाउँबाट प्रारम्भ गरेको आफ्नो यात्रा आज नेपाल तथा भारतमा गरी ८० वटा सलून तथा एकेडमेको फ्रेन्चाइजी बनाउन सफल भएकोमा खुशी व्यक्त गरे । त्यसक्रममा कटवालले भरखरै दुबईमा समेत आफ्नो फ्रेन्चाइजीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको समेत जानकारी गराए ।

कटवालले आफ्नो सलून केश काट्ने ठाउँमात्र नभएर धेरैलाई रोजगारी दिने संस्थाको रुपमा समेत विकसित भैसकेको बताए ।

दरभंगाको नीलडेविड्स सलूनमा सञ्चालक इकवालले २५ जनालाई रोजगारीको अवसर दिएका छन् ।
कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै व्यवसायी इकवालले भारतमा थुप्रै हेयर सलूनका ब्राण्ड भए पनि आफूले नीलडेविड सलून नै आफ्नो पहिलो रोजाइ भएको बताए । त्यसक्रममा उनले भविष्यमा नीलडेविड्स एकडेमी पनि सञ्चालन गर्ने योजना रहेको सुनाए ।

त्यस अवसरमा दरभंगाका विधायक फैसलले नीलडेविड कटवालले आफ्नो सलूनमार्फत नेपाल तथा भारतमा एक हजार भन्दा बढीलाई रोजगारी दिएर एउटा नेपाली युवाले ईतिहास रचेको धारणा व्यक्त गरे ।

समारोहमा नीलडेविडले जुलाई ४ मा भारतकै पश्चिम बंगालको दुर्गापुर तथा जुलाई ९ लखनउमा समेत नयाँ फ्रेन्चाइजी उद्घाटन गर्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 433

प्रतिक्रिया (०)

सम्बन्धित खबर