Aamsanchar

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको बैठकका लागि नेपालबाट नेस्फेका प्रतिनिधी कार्की मोरोक्को प्रथान

Author Image
बुधवार, असार १५, २०७९

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको कार्यकारी समिति बैठकका लागि इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको नेपालबाट निर्वाचित कार्यसमिति सदस्य राज कुमार कार्की मोरोक्को राजधानी रबट प्रस्थान गरेका छन्।

उनलाई नेपाल स्कूल फेडेरेसनका संस्थापक अध्यक्ष प्रदिप जोशी साथसाथै उपाध्यक्ष मोहन कुमार कार्कीले ठमेलको होटल मनाङबाट विधाई गरेका थिए।

नेपाल राष्ट्रको खेलकुदको वृद्धि विकासका लागि पहल गर्ने र खेलकुद प्रवर्द्धनका लागि बैठकमा आफ्नो भनाइ राख्दै पहल गर्ने उनको भनाइ थियो।

उनले यसै बैठकमा २०२२-२०२६ का लागि इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको टेक्निकल कमिसनको अध्यक्षका लागि समेत आवेदन दिएका छन् विगतमा उनी २०१८-२०२२ को इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको टेकनिकल कमिसनको संयोजकको रुपमा काम गरिसकेका छन्।

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनको फ्रान्समा भएको साधारणसभा बाट नेपालको प्रतिनिधित्व गर्दै राज कुमार कार्की कार्यकारी समितिको सदस्यमा गत जेठमा निर्वाचित भएका थिए। इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसनले १८ बर्से सम्मको सम्पूर्ण खेलको सबै स्तरको खेलकुदको आयोजना गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर